‘सानो कुरामा’ परिवार विभाजन र संयोजनको कथा
काठमाडौं । सन्तोष श्रेष्ठको संगीत रहेको ‘सानो कुरामा’ बोलको सेन्टिमेन्टल आधुनिक गीत रिलिज भएको छ ।
गीतमा अनन्त केसी र प्रवीषा अधिकारीको स्वर रहेको छ । शब्द प्रकाश केसीका छन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर गीतलाई रिलिज गरिएको हो । युट्युबबाट रिलिज भएको गीतबाट राम्रो अपेक्षा लिइएको गायक अनन्त केसीले बताएका छन् । ‘टिमले राम्रो काम गरेका छौँ’, उनले भने, ‘गीतलाई दर्शक, स्रोताले राम्रो माया दिनुहुनेछ भन्ने अपेक्षा लिएका छौँ ।’
संगीतकार श्रेष्ठले धेरै गीतहरू रिलिज भइरहेका बेला अलिक फरक गीत ल्याएको बताए ।
म्युजिक भिडियोका निर्देशक हेमप्रभास अधिकारीले गीतको शब्द र संगीतअनुसार कथामा भिडियो बनाइएको बताए । उनले म्युजिक भिडियोमा सानो परिवारमा आएको विभाजन र संयोजकलाई कथामा देखाइएको बताए ।
म्युजिक भिडियोको निर्देशन हेमप्रभास अधिकारीको रहेको छ । जीबी चिरन, रोशनी कार्की, अरिजा केसी र शिक्षा खड्गीको अभियन रहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया