सीआईबीद्वारा लिम्बुलाई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसूर मुद्दाका फरार ४६ वर्षीय अन्दीराम इजम लिम्बुलाई पक्राउ गरेको छ ।

सिआईबीको टोलीले बुढानिलकण्ठ नगरपालिका–३ ठूलोभंगाल, चपली बस्दै आएका लिम्बुलाई भक्तपुरको सानोठिमीबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । उनको स्थायी घर ताप्लेजुङ जिल्लाको फुलपिङ् नगरपालिका–११ रहेको छ ।

लिम्बुलाई उच्च अदालत पाटनको २०७६ मंसिर १० गतेको आदेशले ५ दिन कैद र ३० लाख रुपियाँ जरिवाना ठहर गरेको थियो । पाटन उच्च अदालतको फैसलापछि लिम्बु फरार रहेका थिए ।

लिम्बुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई २०७४ पुस २८ गते सिद्धार्थ बैंक लिमिटेडको चेक काटी दिएको कसूरमा अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्यवनका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको उक्त ब्यूरोले जनाएको छ ।

Published : Saturday, 2021 November 20, 8:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया