नेपाल एयरलाइन्सको टिकटबाट यरोप, अष्ट्रेलिय र एशियामा यात्रा गर्न पाइने

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को टिकटबाट युरोप, अष्ट्रेलिया र एशियाका विभिन्न गन्तव्यमा हवाईयात्रा गर्न पाइने भएको छ ।

नेपाल एयरलाइन्सले सिधा उडान नहुने गन्तव्यमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेसँगै यस्तो सुविधा पाइने भएको विज्ञप्तिमा उल्लेख छ ।

सम्झौताअनुसार अब युरोपका विभिन्न शहर, अष्टे«लियाको सिड्नी, दक्षिण कोरियाको सोल, कुवेत र बहराइनसम्म यात्रा गर्न सकिने निगमले जनाएको छ ।

निगमका प्रवक्ता करिश्मा श्रेष्ठले सम्झौताबाट एकअर्का वायुसेवाका क्षेत्रमा यात्रुलाई सेवा प्रदान गर्न सहज हुने बताएकी छिन् ।

उनले सकेसम्म कम ट्रान्जिट समय प्रयोग गरी गरिएको सम्झौतामार्फत यात्रुलाई थप सहजता मिल्ने जनाएकी छिन् ।

टिकटसम्बन्धी नयाँ व्यवस्थाले निगमलाई थप आय हुने र अन्तर्राष्ट्रिय बजारमा नेपाल एयरलाइन्सको साख बढ्ने निगमको अपेक्षा छ ।

टिकट निगमको केन्द्रीय कार्यालय र ट्राभल एजेन्सीबाट काट्न सकिने निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

निगमले अमेरिकाका विभिन्न शहरमा यस प्रकारको सम्झौताबाट यात्रुलाई सेवा प्रदान गर्न विभिन्न वायुसेवासँग समन्वय गरिरहेको पनि जानकारी दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशन तथा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सुझाव र सक्रियतामा निगमले विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेको हो । गन्तव्य र एयरलाइन्सको विवरण तलको तालिकामा उल्लेख गरिएको छ ।

१ काठमाडौं–बैंकक–सोल नेपाल एयरलाइन्स–थाइ एयरवेज

२ काठमाडौं–बैंकक–सिड्नी नेपाल एयरलाइन्स–थाइ एयरवेज

३ काठमाडौं–बैंकक–टोक्यो नेपाल एयरलाइन्स–अल निप्पोन एयरलाइन्स

४ काठमाडौं–दोहा–कुवेत नेपाल एयरलाइन्स–कुवेत एयरवेज

५ काठमाडौं–दुबई–कुवेत नेपाल एयरलाइन्स–कुवेत एयरवेज

६ काठमाडौं–दुबई–जुरिच नेपाल एयरलाइन्स–इमिरेट्स

७ काठमाडौं–दुबई–लण्डन नेपाल एयरलाइन्स–इमिरेट्स

८ काठमाडौं–दुबई–फ्र्याङ्कफर्ट नेपाल एयरलाइन्स–इमिरेट्स

९ काठमाडौं–दुबई–पेरिस नेपाल एयरलाइन्स–इमिरेट्स

१० काठमाडौं–दुबई–बहराइन नेपाल एयरलाइन्स–इमिरेट्स

Published : Friday, 2021 November 12, 12:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया