कानूनले बर्जित गरेको सामानसहित महिला र पुरुष पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले गैंडाको खागसहित दुई जनालाई पक्राउ गरेको छ ।

सीआईबीबाट खटिएको टोलीले काठमाडौंको सुकेधाराबाट मंगलबार पक्राउ गरेको विज्ञप्तिमार्फत जनाइएको छ ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा सीआईबीले छापामारेको थियो ।

गैंडाको खाग अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका– १० की ३४ वर्षीया फूलमाया बिक र काठमाडौंको तार्केश्वर नगरपालिका– ६, धर्मस्थली बस्ने २८ वर्षीय सुसन सुनारलाई पक्राउ गरिएको सीआईबीका प्रमुख एवम् डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

सीआईबीले उनीहरूको साथबाट संरक्षित वन्यजन्तु गैंडाको ९ सय ग्रामको खाग बरामद गरेको छ ।

Published : Wednesday, 2021 November 3, 10:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया