भारतीय अबैध रुपियाँसहित साह पक्राउ

रौतहट । रौतहट जिल्लामा एक लाख ८० हजार भारतीय अबैध रुपियाँसहित २२ वर्षीय सुशीलकुमार साह पक्राउ परेका छन् ।

प्रहरीले साहलाई बिहीबार दिउँसो ईशनाथ नगरपालिका–१ बञ्जरहाबाट पक्राउ गरेको जनाएको छ । भारतीय अवैध रुपियाँसहित भारत बिहार राज्य शिवहर ग्राम पञ्चायत वेलवाघाट–५ बस्ने साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

बञ्जराहस्थित बकैया खोलाको बाँधमा सीमा प्रहरी चौकीबाट खटिएको टोलीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई अवैध रुपमा झोलामा बोकी हिँडेको भारतीय रुपियाँ सहित फेला पारी पक्राउ गरेको हो ।

साहलाई बरामद भारतीय रुपियाँ सहित थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Published : Saturday, 2021 October 23, 12:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया