भक्तपुरमा ८० लाखसहित चित्रबहादुर पक्राउ, बाग्लुङमा खैलाबैला

भक्तपुर । भक्तपुर जिल्लामा प्रहरीले ३६ वर्षीय चित्रबहादुर पुन मगरलाई ८० लाख रुपियाँसहित पक्राउ गरेको छ ।

मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रूपियाँसहित बुधबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं कोटेश्वर बस्ने बाग्लुङ गल्कोट नगरपालिका–१० पाण्डवखानी घर भएका मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको थियो ।

लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोवार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले मगरलाई बा.४९ प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रूपियाँसहित नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप नगद ५० लाख रूपियाँ फेला पारेको छ ।

उनलाई आवश्यक कारवाहीको लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

Published : Thursday, 2021 October 21, 11:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया