घाँटी काटेर हत्या भएको शव फेला

जनकपुर । धनुषा जिल्लामा घाँटी काटेर हत्या गरेको अवस्थामा ३५ वर्षीय पुरुषको शव भेटिएको छ ।

आइतबार बिहान नगराइन नगरपालिका– ५ गाँगुलीमा पहिचान हुन नसकेको शव फेला परेको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

मृतकको सनाखत हुन सकेको छैन । उनको शनिबार राति हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Published : Sunday, 2021 October 17, 12:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया