बागमती गाउँपालिकामा महिलासँग काण्ड गर्ने हरिशरण पक्राउ

पुल्चोक । ललितपुर जिल्लामा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ३९ वर्षीय हरिशरण सत्याल पक्राउ परेका छन् ।

बागमती गाउँपालिका–१ घुसेल बस्ने सत्याललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।

महिलालाई सत्यालले घर बनाउने काम दिलाएका थिए । सत्यालले खाना बनाउने ठाउँमा आई महिलालाई एक्कासि जबरजस्ती करणी गरेको आरोप छ ।

महानगरीय प्रहरी वृत्त चापागाउँमा प्राप्त हुनासाथ प्रहरी चौकी टीकाभैरवबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Monday, 2021 October 11, 10:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया