सहकारीले जीवनस्तर उठाउन सहयोग गर्नुपर्छ : कांग्रेस नेता महर्जन

चापागाउँ । नेपाली कांग्रेसको खेलकुद विभागका सचिव एवम् युवा नेता मीनकृष्ण महर्जनले सहकारीको भूमिकाको उच्च प्रशंसा गर्दै सहकारीका मार्फतबाट धेरैको जीवनस्तर सुधार भएको बताएका छन् ।

ललितपुर जिल्लाको गोदावरी नगरपालिकाको लेलेमा शनिबार दशैँका अवसरमा आयोजित बृहत सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा युवा नेता महर्जनले जनतालाई गोलबन्द गरेर उनीहरूको जीवन सुधारमा सहकारीले भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महर्जनले कलाकारले दिने सकारात्मक सन्देशले जनतामा ठूलो चेतना फैलाउने समेत बताए । उनले कला र कलाकारहरूको संरक्षणका लागि आफूले सक्दो सहयोग गर्ने बताएका छन् ।

कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उप–मेयर मुना अधिकारी, गोदावरी नगरपालिका–५ का वडाध्यक्ष मिलन सिलवाल, नेपाली कांग्रेस तरुण विभागका केन्द्रीय सदस्य रामशरण घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

केदार घिमिरे, प्रताप दास, सिर्जना खत्री, दिनेश काफ्ले, महादेव त्रिपाठीलगायतका कलाकारहरूले सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिएका थिए ।

प्रगेस देसारले कार्यक्रम भब्यताका साथ सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यावाद दिएका छन् ।

कार्यक्रममा सहभागी हुने क्रममा कांग्रेसका युवा नेता महर्जनलाई स्थानीय युवाहरूले भव्य स्वागत गरेका थिए ।

Published : Sunday, 2021 October 10, 1:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया