पाल्पामा झुण्डिएर आत्महत्या

तानसेन । पाल्ला जिल्लामा ३६ वर्षीय विनो नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् ।

तानसेन नगरपालिका–१० तल्लिपिपल निवासी नेपालीले शनिबार राति साढे १० बजे आफ्नै घरको बराण्डामा फलामको बलोमा घाँटीमा पासो लगाएर आत्महत्या गरेका हुन् ।

प्रहरीले नेपालीलाई पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारेको थियो । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धन सुरु गरेको छ ।

Published : Sunday, 2021 October 10, 10:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया