सह–महामन्त्री डा.महत र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्वपरराष्ट्रमन्त्री डा.प्रकाशशरण महत र भारतीय विदेशमन्त्री डा.एस. जयशंकरसँग भेटवार्ता भएको छन् ।

भारत भ्रमणमा रहेका डा.महतले शुक्रबार नयाँदिल्लीमा विदेशमन्त्री डा.जयशंकरसँग भेटवार्ता गरेका हुन् । भेटमा कोरोनाविरुद्धको कोभिशिल्ड खोप नेपाललाई छिटो उपलब्ध गराउने विषयमा छलफल भएको छ । डा.महत र डा.जयशंकरबीच नेपाल–भारतबीचको सम्बन्धलाई अझै प्रगाढा कसरी बनाउन सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ ।

सामाजिक सञ्जाल ह्वाट्सएपमार्फतमा कुरा गर्दै डा.महतले भने, ‘कोरोनाविरुद्धको कोभिशिल्ड खोप, दुई देशबीचको सिमानामा देखिएका समस्या, तुइनलगायतका विषयमा कुराकानी भएको छ । उहाँहरूले सबै विषयमा भारत गम्भीर रहेको र समस्यालाई समाधान गरेर जाने आश्वासन दिनुभएको छ ।’

डा.महतको आग्रहपछि भारतीय विदेशमन्त्री डा.जयशंकरले नेपाललाई छिट्टै कोरोनाविरुद्धको कोभिशिल्ड खोप दिने बचन दिएका छन् ।

नेपालले खरिद गरेको कोभिशिल्ड खोप अभाव भएको भन्दै रोकेको थियो । डा.महतको आग्रहपछि भारतले नेपाललाई अब खोप दिनेछ ।

सह–महामन्त्री डा.महत र मन्त्री डा.जयशंकरबीचको भेटवार्तामा भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा.विजय चौथाइवाले, कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, पूर्व राज्यमन्त्री उदयशम्शे राणा लगायतको उपस्थिति रहेको थियो ।

चौथाइवालेको निमन्त्रणमा बिहीबार नयाँदिल्ली पुगेको कांग्रेसका सह–महामन्त्री डा.महत नेतृत्वको टोलीले उच्चस्तरीय राजनीतिक भेटवार्तालाई जारी राखेको छ ।

लामो समयदेखि नेपाली कांग्रेस र भारतीय जनता पार्टी (भाजा)बीच उच्चस्तरीय भेटवार्ता र भ्रमणहरू आदान प्रदान हुन नसकेको बेला डा.महतको प्रयासमा भाजपाको विदेश विभाग प्रमुख डा.चौथाइवालेले नयाँदिल्लीमा कांग्रेसलाई भव्य स्वागत गरेका छन् ।

केही समय अगाडि सह–महामन्त्री डा.महतको निम्तोमा भाजपाका विदेश विभाग प्रमुख डा.चौथाइवालेले नेपाल भ्रमण गरेका थिए ।

Published : Friday, 2021 October 8, 9:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया