कांग्रेसका जिल्ला सभापतिहरूको परिणामले पौडेललाई ठूलो झट्का, देउवा बलियो

काठमाडौं । नेपाली कांग्रेसको सम्पन्न ११ जिल्ला सभापतिको निर्वाचनमा सात जिल्लामा सभापति शेरबहादुर देउवा पक्षीय नेताहरूको शानदार जित भएको छ ।

बिहीबार बिहानसम्म आएका विभिन्न जिल्लाको मतपरिणाम अनुसार ताप्लेजुङ, मनाङ, रुकुम पूर्व, हुम्ला, रामेछाप, मुगु, गोरखा, संखुवासभा, कालिकोट, दोलखा र मुस्ताङको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

ताप्लेजुङका गजेन्द्र तुम्याहाङ्, मनाङका शंकर गुरुङ, रुकुम पूर्वका केशरमान रोका, हुम्लाका मोहनविक्रम शाही, रामछापका कान्छाराम लामा, मुगुका ऐनबहादुर शाही र गोरखाका नन्दप्रसाद न्यौपोने देउवा पक्षियी सभापतिहरू हुन् ।

संखुवासभाका दीपक खड्का र मुस्ताङका रोमी गौचन थकाली महामन्त्री शशांक कोइराला निकट मानिन्छन् ।

पूर्वमन्त्री समेत रहेका मुस्ताङका सभापति थकालीले आफू कुनै गुटभन्दा पनि कांग्रेस बलियो हुनुपर्छ भन्ने पक्षमा रहेको बताउने गरेका छन् । उनले गुटहरू अन्त्य हुनुपर्ने बताउने गरेका छन् ।

दोलखाका सभापति बर्मा लामा जिपछिङ लामा निकट हुन् । उनी पनि देउवा पक्षमै आउने सम्भावना छ ।

कालिकोट अम्मबहादुर शाही भने नेता रामचन्द्र पौडेल निकटका हुन् । हालसम्म सम्पन्न भएका ११ जिल्ला सभापतिहरूमा देउवा पक्षले एकलौटी पकड जमाएको छ ।

यसअघि सभापति देउवा निकटका सभापतिहरूले गाउँ र नगर अधिवेशनमा कब्जा जमाइसकेका छन् । स्थानीय तहमा देउवा समूह जबरजस्त रुपमा आएको छ ।

Published : Friday, 2021 October 8, 7:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया