स्वास्थ्यमा कम्युनिस्टले बबण्डर गरेपछि कांग्रेसको इज्जत धानेका श्रेष्ठको के छ सम्भावना ?

काठमाडौं । मन्त्रिमण्डल विस्तार हुने सहमतिहरू बाहिर आइरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चर्चा पनि उठेको छ ।

मन्त्रालयमा राम्रो काम गरेर प्रशंसा कमाइ रहेका राज्यमन्त्री उमेश श्रेष्ठका विषयमा विभिन्न अड्कलबाजी भइरहेका छन् । श्रेष्ठलाई शुरुमा राज्यमन्त्री नियुक्त गर्दा आलोचना भएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई राज्य मन्त्रीबाट बढुवा गरेर मन्त्री बनाउने चर्चा पनि छ । श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा राख्ने गरेर विनाविभागीय मन्त्री बनाउने चर्चा पनि छ । तर, राम्रो काम गरेका श्रेष्ठलाई उपयुक्त मन्त्रालय दिन पनि दवाव छ ।

कांग्रेस नेता श्रेष्ठ राज्यमन्त्री बनेर आउनेवित्तिकै दुई महिनाको समयमा कोरोनाविरुद्धको खोप ल्याएर जनतालाई लगाइदिनेदेखि स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेका थिए । श्रेष्ठले स्वास्थ्य मन्त्रालयमा विदेश र स्वदेशी सहयोगहरू पनि उल्लेख रुपमा ल्याएका थिए ।

राज्यमन्त्री श्रेष्ठका कारण नेपाली कांग्रेस नेतृत्वको सरकारको नाक उँचो भएका बेला स्वास्थ्य मन्त्रालयमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले लफडा गरेर लगेको छ ।

नेकपा एसले रामकुमारी झाँक्रीलाई स्वास्थ्य मन्त्रीमा प्रस्ताव गरेको छ । झाँक्री कम्युनिस्ट हुन् । अन्तर्राष्ट्रिय समुदायले कम्युनिस्टलाई रुचाउँदैन ।

कांग्रेसका नेता एवम् प्रतिनिधि सभाका सांसद समेत रहेका राज्यमन्त्री श्रेष्ठले दुई महिनाको अवधिमा गरेको कामको जनताले समेत प्रशंसा गरेका थिए ।

राज्यमन्त्री श्रेष्ठको कामबाट आत्तिएको गिरोहले कम्युनिस्टको हातमा स्वास्थ्य मन्त्रालय पु¥याएको छ ।

Published : Thursday, 2021 October 7, 11:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया