डा.महत नेतृत्वको टोलीद्वारा दिल्लीमा उच्चस्तीय भेटघाट शुरू, भाजपाद्वारा भव्य स्वागत

नयाँदिल्ली । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महत नेतृत्वको टोलीले भारतमा उच्चस्तरीय राजनीतिक भेटवार्ता शुरु गरेको छ ।

बिहीबार काठमाडौंबाट नयाँदिल्ली आइपुगेको कांग्रेसका नेताहरूको टोलीले भाजपाका नेताहरूसँग भेटघाट शुरु गरेको सह–महामन्त्री डा.महतले सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत जानकारी दिएका छन् । डा.महत नेतृत्वको टोलीले भाजपाका अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता गरेको बताए ।

सह–महामन्त्री डा.महतले भने, ‘दुई पार्टीको सम्बन्ध विस्तारका बारेमा हामीहरूबीच सौहार्द कुराकानी भएको छ । दुई देशका सत्तारुढ दलका सद्भावपूर्ण भेटवार्तामा नेपाल–भारतको सम्बन्धलाई अझै सुमधुर बनाउनेबारेमा कुराकानी भयो ।’

भेटवार्तामा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले र नेता डा. आश्विन जोहर सहभागी थिए ।

कांग्रेसकातर्फ सह–महामन्त्री डा.महतका साथै केन्द्रीय सदस्य अजय चौरासिया र उदयशम्शेर राणाको सहभागिता रहेको थियो ।

यसअघि, सह–महामन्त्री डा.महतसहितका कांग्रेसका नेताहरूलाई नयाँदिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालीहरूले स्वागत गरेका थिए ।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले पनि कांग्रेसका सह–महमन्त्री डा.महत, चौरसिया र राणालाई भव्य स्वागत गरेका थिए ।

यसअघि, सह–महामन्त्री डा.महतले भाजपाका विदेश विभागका प्रमुख चौथाइवालेलाई काठमाडौंमा बोलाएर राजनीतिक भेटवार्ता गराएका थिए ।

चौथाइवालेले डा.महतको नेतृत्वमा कांग्रेस नेताहरूलाई नयाँदिल्ली भ्रमणमा बोलाएर नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ उचाइँमा पुर्‍याउन पहल गरेका छन् ।

कांग्रेस र भाजपा सत्तारुढ दल हुन् । उनीहरूबीचको सम्बन्ध सध्रियो भने छिमेकी देशबीचका जनतलाई झन् फाइदा हुनेछ ।

Published : Thursday, 2021 October 7, 8:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया