देउवाको जिम्मेवारीवाला निर्णय, कम्युनिस्ट जस्ता छैनन् कांग्रेसी नेताहरू

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले दशैँको अवसरमा शुभकामना दिएको छ ।

कांग्रेसले घटस्थापनाका दिन बिहीबार शुभकामना सन्देश जारी गरेर शुभकामना दिएको हो । कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन हरेक वर्ष गर्दै आएको चियापान कार्यक्रमलाई नगर्ने जनाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

‘महान पर्वहरू हाम्रो घर आँगनमा आइपुगेका छन् । स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी–दाजुभाइमा यो घडी नेपाली कांग्रेस मंगलमय शुभकामना व्यक्त गर्दछ’, शुभकामना सन्दशमा भनिएको छ ।

‘पर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कताका लागि नेपाली कांग्रेस सबैलाई अपील गर्दछ’, कांग्रेसले भनेको छ ।

‘नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक आयोजना नगर्ने निश्चित गरेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

‘कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले खोपको व्यापक प्रबन्ध गरे पश्चात महामारीको त्रास र आकार घट्दै गएपनि जोखिमलाई नजरअन्दाज गर्न मिल्दैन’, विज्ञप्तिमा भनिएको छ ।

‘खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवन रक्षामा समर्पित रहनु हामी सबैको कर्तव्य हो’, कांग्रेसले भनेको छ ।

‘महामारीमाथि विजय हासिल गर्न हामी चाँडै नै सफल हुनेछौं भन्ने विश्वासका साथ नेपाली कांग्रेस बडा दशैँ, तिहार, नेपाल सम्वत् र छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ’, कांग्रेसले भनेको छ ।

Published : Thursday, 2021 October 7, 5:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया