आरजुले यसरी राखिन् जमरा, मौलिक रुपमा दशैँ मनाउन अनुरोध

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले घटस्थापनाको दिन निवासमा जमरा राखे दशैँ भित्र्याएकी छिन् ।

नेतृ राणाले बिहीबार बिहान शुभसाइत पारेर धार्मिक परम्परानुसार निवासमा घटस्थापना गरेकी हुन् । उनले प्रधानमन्त्री निवास बालुवाटारको एउटा कुनामा पूजा गरेर जमरा राखेको सामाजिक सञ्जालमार्फत जनाएकी छिन् ।

उनले पूजा कोठामा सानो टोकरीमा जमरा राखेकी छिन् । टोकरीमा राखिएको जमरालाई नेतृ राणाले केराको पातले छोपेर राखेकी छिन् ।

आरजुले जमरा राखिएको पूजास्थानमा देवीको तस्बिर पनि राखेकी छिन् । त्योभन्दा माथि उनले शिव र पार्वतीको ठूलो तस्बिर राखेकी छिन् । आरजु शिव र पार्वतको निकै भक्त हुन् भन्ने सन्देश पनि दिएकी छिन् ।

प्रधानमन्त्री पत्नी राणाले जमरा राखिएको तस्बिर सामाजिक सञ्जारमा पोस्ट गरेकी छिन् । सामान्य रुपमा पूजा गरेका तस्बिरले नेतृ राण तडगभडग गरेर दशैँ मनाउन नहुने सन्देश दिएकी छिन् । राणाले आफ्नो गच्छे र मौलिकताअनुसार दशैँ मनाउन शुभकामना दिएकी छिन् ।

Published : Thursday, 2021 October 7, 2:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया