एक्लै भिडेर देउवाले पौडेल गुटको पसिना छुटाइदिए, सभापति जित्ने पक्का, बालुवाटार खुसी

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित जिल्ला सभापतिहरूको नतिजा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल समूहबीच बराबरी देखिएको छ ।

हालसम्म दश वटा जिल्लाको सभापतिको निर्वाचन भएको छ । त्यसमध्ये देउवा ५ र पौडेल समूह ५ को संख्यामा छन् । तर, पौडेलले समूहले देउवालाई समूहलाई निच देखाउन जिल्ला सभापतिहरू देउवा समूहले ४० र पौडेल समूहले ६० प्रतिशतले जितेको अहल्ला फिजाएको छ ।

सभापति देउवा जसरी पनि सहमतिका साथ १४औँ महाधिवेशन गर्ने पक्षमा छन् । पौडेल समूह विभिन्न बखेडाहरूले गरेर महाधिवेशन विथोल्ने प्रयासमा छ ।

देउवाले महाधिवेशन विरोध एक शब्द पनि बोलेका छैनन् । पौडेल समूहले हदैसम्म तल झेर अभिव्यक्ति दिन थालेका छन् ।

सभापति देउवाको समूह एकलौटी रुपमा जिल्ला, गाउँ, नगर र वडा अधिवेशनमा संघर्ष गरिरहेको छ । पौडेल समूहका नेताहरूको हाइफाइ अलिक बढि नै देखिएको छ ।

पौडेल समूहमा कोइराला परिवार, प्रकाशमान सिंह, गगन थापालगायतका समूह आबद्ध छन् । गगनले सिंहलाई साथ दिएका छन् । गगन अब सिंहकै महामन्त्री बनेर फाइला लिने योजनामा छन् ।

Published : Wednesday, 2021 October 6, 10:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया