पौडेलले हैसियतभन्दा ठूला कुरा गरेपछि बालुवाटारमा हँगामा

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफ्नो गुटबाट तीन जना मन्त्री बनाउन दवाव दिएपछि शीर्ष नेताहरूको बैठक विथोलिएको छ ।

सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मन्त्रीहरूका विषयमा छलफल गर्न बुधबार बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरूको बैठक बोलाएका थिए ।

बैठक शुरु हुनेवित्तिकै पौडेलले हैसियतभन्दा धेरै मन्त्री मागेपछि हँगामा भएको हो ।

पौडेलले आफ्नो गुटलाई तीन जना मन्त्री दिन प्रस्ताव गरेपछि देउवाले तीन वटा मन्त्री पौडेललाई दिन नसकिने बताएका थिए । पौडेलले बैठकमा तनाबको अवस्था सिर्जना गरेका थिए ।

बैठकमा देउवा, पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंहलगायतका नेता सहभागिता थियो ।

बालुवाटारमा बैठक बस्नु अगाडि पौडेल र सिटौलाले आफूनिकट नेताहरूसँग अलग अलग छलफल गरेका थिए ।

Published : Wednesday, 2021 October 6, 9:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया