कम्युनिस्टको प्रशंसा गर्ने पूर्व केन्द्रीय सदस्यलाई कांग्रेसका कार्यकर्ताले औकात देखाइदिए

काठमाडौं । नेपाली कांग्रेसमा कोइराला परिवारको दब्दबा रहेका बेला हालीमुहाली गरेर आतंक मच्चाएका पूर्व केन्द्रीय सदस्य लक्ष्मण घिमिरे महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

रामेछाप जिल्लाबाट खुलातर्फ घिमिरेले उम्मेदवारी दिएका थिए । उनले जम्मा ४३० मत प्राप्त गरेका थिए । गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको पालामा घिमिरेले सबैभन्दा धेरै अवसर लिने नेतामा पर्छन् ।

कोइराला परिवारको चाकडी गरेर घिमिरेले प्रतिनिधि सभाको प्राकृतिक स्रोत साधन समितिको सदस्य रहेर लाभका थिए । घिमिरेलाई संविधान सभामा कांग्रेसको मुख्य सचेतक पनि बनाइएको थियो ।

घिमिरेलाई चाकडी गरेकै भरमा कोइराला परिवारले समानुपातिक सांसद बनाएको थियो । घिमिरे २०५३ सालमा कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव पनि बनेका थिए ।

कोइराला परिवारको पकड कांग्रेसबाट गुमेपछि घिमिरेले पछिल्लो समय कांग्रेसका सभापति शेरबहादुर देउवाको आलोचना गर्दै आएका थिए ।

घिमिरेले कम्युनिस्टको प्रशंसा गरेर कम्युनिस्ट समर्थक समाचारहरू आफ्नो फेसबुकमा सेयर गर्दै आएका थिए ।

खुल्लातर्फ महाधिवेशन प्रतिनिधिमा आठ जना निर्वाचित भएका छन् । अर्जुन केसी, भरत चौलागाईं, रामचन्द्र खड्का, ध्रुबहरि ढुंगेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

रत्नबहादुर कार्की, युवराज भट्टराई, आङटावा शेर्पा, वीरबहादुर तामाङ, रत्नहरि ढुंगेल र झपडराज भण्डारी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेमा विनिता खड्का, गंगा अधिकारी, उषा कार्की, एन्जिला न्यौपाने, महेश कुमार कार्की, केशव चालिसे, मीनाकुमारी कार्की, कुमारी हायु, रामकुमारी डाँगी, खमला थापा मगर, जितेन्द्र मोक्तान, गेल्जे लामा शेर्पा, नरबहादुर थापा मगर, बलबहादुर परियार, शुक्र माझी रहेका छन् ।

Published : Wednesday, 2021 October 6, 7:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया