कांग्रेसको भारतसँग सम्बन्ध सुध्रियो, तीन युवा नेताहरू दिल्ली जाने

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महत नेतृत्वको टोली भारत भ्रमणमा जाने भएको छ ।

भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा कांग्रेसका नेताहरू टोली बिहीबार भारत जाने भएको हो ।

सह–महामन्त्री डा.महतको नेतृत्वमा जान लागेको टोलीमा युवा नेताद्वय उदयशमशेर राणा र अजय चौरासिया रहेका छन् ।

पूर्वराज्यमन्त्री समेत रहेका कांग्रेस नेता राणाले भाजपाको निम्तोमा आफूहरू भारत भ्रमणमा जान लागेका बताएका छन् ।

अगष्ट महिनामा भाजपका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका थिए । चौथाइवालेको निम्तोमा कांग्रेसका नेताहरू भ्रमणमा जान लागेका हुन् ।

कांग्रेसको नेतृत्वमा संयुक्त सरकार बनेका बेला कांग्रेसका नेताहरू भारत भ्रमणमा जान लागेका छन् । कांग्रेसका नेताहरूको यो भ्रमणले भारतसँगको सम्बन्धलाई झन् सुधार गर्नेछ ।

Published : Wednesday, 2021 October 6, 11:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया