छोरी धनी बनाउन खोज्ने ढुंगानको अध्यक्ष पद सरकारले खाइदियो

काठमाडौं । कम्युनिस्ट सरकारद्वारा नियुक्त भएका धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई नेपाली कांग्रेस नेतृत्वको सरकारले बर्खास्त गरिदिएको छ ।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बखौस्थ गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । ढुंगानालाई निलम्बन गरेर सरकारले स्पष्टीकरण माग गरेको थियो । सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा ढुंगाना मुछिएका थिए ।

बोर्डको अध्यक्षमा रहँदा ढुंगानाले छोरी रेविका ढुंगानाको नाममा सर्वोत्तम सिमेन्ट कम्पनीको सेयर खरिद गरेको तथ्य बाहिरिएको थियो ।

ढुंगानासहित सर्वोत्तम सेयर खरिद प्रकरणमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का तत्कालीन प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद पनि मुछिएका थिए ।

यसैबीच, सरकारले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

नेपाल प्रशासन सेवातर्फको राज पत्रांकित विशिष्ट श्रेणी पदमा सह–सचिव रविलाल पन्तलाई बढुवा गर्ने निर्णय सरकारले गरेको छ ।

वैदेशिक रोजगार न्यायाधीकरणको रिक्त सदस्यमा सह–न्यायाधिवक्ता डा.गोपीचन्द्र भट्टराईलाई तोक्ने निर्णय सरकारले गरेको छ ।

ऋण असुली न्यायाधीकरणको रिक्त कानून सदस्य पदमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उप–सचिव विष्णुप्रसाद रेग्मीलाई नियुक्ति गर्ने निर्णय पनि सरकराले गरेको छ ।

असोज २४ देखि २८ गतेसम्म परराष्ट्रमन्त्रीको नेतृत्वमा असंलग्न आन्दोलनको कमेरेटिभ हाइ लेभल मिटिङमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय रकारले गरेको छ ।

सरकारले विद्युतीय राहदानी बुकलेटमा उल्लेख हुने सुरक्षा विशेषताहरू सेक्युरिटी फिचर्स स्वीकृत गर्ने निर्णय भएको छ ।

Published : Tuesday, 2021 October 5, 9:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया