श्री एयरको जहाज ट्याक्सी वेमा चिप्लियो
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक उडानको ट्याक्सी वेमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ ।
काठमाडौंबाट नेपालगञ्जका लागि उडान भर्ने क्रममा रहेको जहाज मंगलबार बिहान ट्याक्सी वेमा ट्रयाकभन्दा बाहिर गएको विमानस्थलले जनाएको छ ।
ट्याक्सी वेबाट विमान चिप्लिएको मात्रै भएका कारण कुनै पनि क्षति भएको छैन ।
केही दिन अगाडि बुद्ध एयरको विमानको चक्का नखुलेका कारण ठूलो तनाब भएको थियो ।
Published : Tuesday, 2021 October 5, 10:22 am
फेसबुकबाट तपाईको प्रतिक्रिया