दशैंको मुखमा डीआईजी सिंहले एमालेका शक्तिशाली मान्छेको दशा बिग्रारिदिए, ओलीलाई तनाब

काठमाडौं । ठगी गरेको अभियोगमा एमालेका पूर्वसांसद इच्छाराज तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।

४६ करोड ठगी गरेको उजुरी परेपछि तामाङलाई सोमबार साँझ पक्राउ गरिएको सीआईबीका प्रमुख एवम् डीआईजी धिरजप्रताप सिंहले जानकारी दिएका छन् ।

तामाङ सिभिल बैंकका अध्यक्ष पनि हुन् । उनीमाथि सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताको ४६ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप छ ।

को–अपरेटिभका ७० जना निक्षेपकर्ताले ४६ करोड बढी ठगी गरेको भन्दै उजुरी गरेको डीआईजी सिंहले बताएका छन् ।

हिरासतमा रहेका एमालेका पूर्वसांसद तामाङले निक्षेपकर्ताको ४६ करोडभन्दा धेरै रकम आफूले तिर्ने बताएका छन् ।

तामाङले ठगी गरेको भन्दै बेलाबेला उजुरीहरू पर्ने गरेको थियो । तर, राजनीतिक आडमा तामाङ बच्दै आएका थिए । यस पटक तामाङ सीआईबीको फन्दामा परेका छन् ।

पूर्वसांसद तामाङ पक्राउ परेपछि एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई तनाब भएको छ । दशैँको मुखमा तामाङ ठगी काण्डमा पक्राउ परेपछि एमालेका नेताहरू छुटाउन शक्तिकेन्द्र धाउने पक्का छ ।

Published : Tuesday, 2021 October 5, 6:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया