फोर्डको एभेरेष्ट गाडीको घोषणा, नेपालमा मूल्य कति ?

काठमाडौं । नेपालको लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जि.ओ. अटोमोवाइल्स प्रा.लि. ले २.० लि. वाई– टर्वाे डिजेल इन्जिन र विश्वमै पहिलो १० स्पीड अटोकेटिक ट्रान्समिसन भएको फोर्ड एभरेष्टको घोषणा गरेको छ ।

यसको शुरुवाती नेपाली मूल्य रु. १.९९ करोड रहेको छ । अफ–रोडका उत्कृष्ट प्रदर्शन गर्न सक्ने यस गाडीको सर्भिसिङ्ग मूल्य अत्यन्तै किफायती रहेको विज्ञप्तिमा उल्लेख छ । यसमा रहेको विषेश सुविधाहरूले नेपालको प्रिमियम एसयूभी बजारमा २०२२ फोर्ड एभरेष्टले एक नयाँ वेन्चमार्क बनाउनेछ ।

विश्व बजार र एसिया क्षेत्रमा फोर्ड एभरेष्ट एकदमै लोकप्रिय एसयूभी हो । पहिलो पटक २००३ मा बजारमा आएको फोर्ड एभरेष्टको अहिलेको दोस्रो संस्करणको मोडल २०१५ देखि बजारमा उपलब्ध भएको थियो ।

परिवारसँगको यात्रा फोर्ड एभरेष्टले एकदमै आरामदायी बनाउँछ । ठूलो गाडी भए पनि एभरेष्ट चलाउन एकदमै सजिलो छ । जसमा भएको लाइट स्टेरिङ्गले पाकिङ्ग गर्दा पनि सहज महसुस गराउने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

यस बाहेक, इन्जिनमा भएको पर्याप्त टर्कको मद्दतले आवश्यक आक्सिलेरेसन पनि सजिलै बढाउन मिल्छ । यस्ता आकर्षक फिचरहरूले फोर्ड एभरेष्ट गाडीलाई ड्राइभिङ्ग गतिशीलतामा विषेश बनाउँछ ।

Published : Monday, 2021 October 4, 11:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया