रुपन्देहीमा देउखुरीका खड्का बलात्कार काण्डमा पक्राउ

बुटवल । रुपन्देही जिल्लामा दाङ जिल्लाको देउखुरीका एक जना व्यक्ति जबरजस्ती करणी काण्डमा पक्राउ परेका छन् ।

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिका–६ शिवालय टोल डेरा गरी बस्ने दाङको राप्ती गाउँपालिका–६ घर भएका ४६ वर्षीय हिमाल खड्कालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सोही ठाउँस्थित दाउन्ने काष्ठकलामा घुम्न गएको अवस्थामा खड्काले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Published : Monday, 2021 October 4, 7:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया