मनाङ कांग्रेसले रच्यो जबरजस्त इतिहाँस, वडादेखि जिल्लासम्म सर्वसम्मत, गुरुङले दिए शुभकामना

मनाङ । नेपाली कांग्रेस मनाङको सभापतिमा शंकर गुरुङ सर्वसम्मत चयन भएका छन् ।

शनिबार घोषणा भएको नतिजाअनुसार गुरुङको नेतृत्वमा पूरै जिल्ला कार्यसमिति सर्वसम्मत भएको हो । वडादेखि जिल्ला कार्यसमितिसम्मको अधिवेशन सर्वसम्मत बनाउन पूर्वमन्त्री एवम् सभापति टेकबहादुर गुरुङले ठूलो भूमिका खेलेका थिए ।

मनाङ कांग्रेसको सभापतिमा शंकर गुरुङका साथै सभापति, उप–सभापतिद्वयमा यज्ञ घले र चन्द्र घले चयन भएका छन् । सचिवद्वयको जिम्मेवारी सुरेन्द्र गुरुङ र महेन्द्र घलेले पाएका छन् ।

कोषाध्यक्षमा कर्माबहादुर गुरुङ चयन भएका छन् । सह–सचिवद्वयमा काशिराम गुरुङ र सगर गुरुङ चयन भएको निर्वाचन समितिले जनाएको छ ।

सदस्यहरूमा तिलो गुरुङ, कर्मढिण्डु गुरुङ, हरि गुरुङ, विनाकुमारी गुरुङ, गमबहादुर गुरुङ, यमकुमारी गुरुङ, पूर्ण घले, ओमप्रसाद पुनदेन, दावाछिरिङ लामा, लप्साङ लामा, निमाछिञ्जो लामा, विष्णु लामा चयनमा भएका छन् ।

शुकबहादुर गुरुङ, पासाङ लामा, सुशीला लामा, अर्जुन बिक, केशर बिक, पूर्णमाया गुरुङ, अनिल गुरुङ, इन्द्रकुमारी लामा श्रेष्ठ, थिङदोर्जे लामा, सोमबहादुर नेपाली, बेदबहादुर गुरुङ सदस्यमा चयन भएका छन् ।

मनाङमा एउटा मात्रै निर्वाचन क्षेत्र छ । दुई वटा प्रदेश निर्वाचन क्षेत्र छन् । प्रदेश निर्वाचन क्षेत्र नं. ‘क’को सभापतिमा छिरिङ घ्याल्बो लामा र प्रदेश निर्वाचन क्षेत्र नं. ‘ख’को सभापतिमा छिरिङओङमा गुरुङ घले चयन भएका छन् ।

मनाङबाट महाधिवेशन प्रतिनिधिहरूमा सभापति शंकर गुरुङ, पूर्वसांसद पाल्टेन गुरुङ, पूर्वमन्त्री टेकबहादुर गुरुङ, कर्मा घले, चुङदे लामा, चिन्ताबहादुर घले, छाङदो लामा, बामे गुरुङ, टाँसी गुरुङ, गीता गुरुङ चयन भएका छन् ।

मनकुमारी घले, दावा गुरुङ, कर्माअलोङ गुरुङ, आशा लामा, अभिप्रसाद पुनेल, प्रेम लामा, गम्भीरजंग बिक, कर्मा गुरुङ, अनिल गुरुङ (क), खेटुक गुरुङ, अनिता लामा, पार्वती लामा, अनिल गुरुङ (ख), छोङगिर्मे गुरुङ, ओङगेल गुरुङ महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।

जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि निवर्तमान सभापति टेकबहादुर गुरुङले सबै सर्वसम्मत भएर आएका सबै टिमलाई बधाइ र शुभकामना दिएका छन् । उनले आफ्नो दुई कार्यकालमा सहयोग गर्ने कांग्रेसका नेता कार्यकर्ताहरूलाई धन्यावाद दिएका छन् ।

‘शंकर गुरुङज्यूको नेतृत्वमा मनाङ कांग्रेसले अझै राम्रो काम गर्नेछ । राम्रो र असल सभापति पाएका छौँ’, निवर्तमान सभापति गुरुङले भने, ‘मनाङमा कांग्रेसलाई बलियो बनाउन भूमिका खेल्नुपर्छ । नयाँ कार्यसमितिलाई सधैँ मेरो साथ र समर्थन रहनेछ ।’

यसअघि मनाङ कांग्रेसले स्थानीय तहमा पनि सर्वसम्मत कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू चयन गरेको थियो । मनाङ कांग्रेसले पार्टीको १४औँ महाधिवेशन शुरु हुनुभन्दा अगाडि नै वडादेखि जिल्लासम्म सर्वसम्मत रुपमा कार्यसमिति र प्रतिनिधिहरू चयन गर्ने सहमति गरेको थियो ।

Published : Saturday, 2021 October 2, 8:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया