मुस्ताङ कांग्रेसको सभापतिमा पूर्वमन्त्री थकाली सर्वसम्मत

लेते । नेपाली कांग्रेस मुस्ताङको सभापतिमा रोमी गौचन थकाली सर्वसम्मत भएका छन् ।

मुस्ताङमा शुक्रबार सम्पन्न अधिवेशनबाट थकाली सर्वसम्मत सभापति चयन भएका हुन् । उनले भने, ‘साथीहरूले मुस्ताङको कांग्रेसलाई बचाउन सभापति बन्न आग्रह र सुझाव दिएपछि म सभापति बनेको हुँ ।’

यसअघि मुस्ताङका गाउँपालिकाहरूमा सर्वसम्मत सभापति, पदाधिकारी र प्रतिनिधिहरू चयन भइसकेका छन् ।

Published : Saturday, 2021 October 2, 1:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया