शेखरद्वारा खोटाङको अधिवेशन प्रभावित बनाउन दश लाख बाँडेको खुलासा, बिचौलियाले खाइदियो पैसा

दिक्तेल । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले खोटाङ जिल्लामा अधिवेशनमा प्रभाव पार्न १० लाख रुपियाँ बिचौलियामार्फत पठाएको आरोप लागेको छ ।

कांग्रेसका युवा नेता एवम् सञ्चारकर्मी राजन राईले कोइरालाले बिचौलियामार्फत दश लाख पठाएको रकम र वितरण गरेको कुरा प्रमाण आफूसँग रहेको दाबी पनि गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा युवा नेता राईले लेखेका छन्, ‘डा.शेखर कोइरालाको निगाहमा मेरो जिल्ला खोटाडमा कुनै विचौलियाबाट रु.१० लाख आएछ ।’

‘पालिका अधिवेशनलाई लक्षित गरि १० वटा पालिकालाई सायद १ लाखको दरले त्यो रकम आएको होला’, उनले भनेका छन् ।

‘विचौलियाले पक्ष र विपक्षमा पालिकामा चुनाव लड्ने सभापतिको दुवै उम्मेदवारलाई २०–२० हजारको दरले रुप्पे (रुपियाँ) बाँडेको पाइयो’, युवा नेता राईले भनेका छन्, ‘यसो गर्दा ४ लाख खर्च भएछ । बाँकी ६ लाख बिचौलियाले नै झ्वाम पनि पारेछ ।’

उनले लेखेका छन्, ‘पक्षलाई पनि रुप्पे, प्रतिपक्षलाई पनि रुप्पे (रुपियाँ) दिएर सहयोग गर्ने बिचौलियाको गजबको हिँजडा नीति चाहिँ मान्नै पर्छ बा ।’

सभापति पदमा उम्मेदवार बन्ने घोषणा गरेका कोइरालाले कांग्रेसको अधिवेशन प्रभावित बनाउन पैसा पठाएको खुलासा खोटाङबाट भएको छ ।

आदर्शका कुरा गर्ने कोइरालाले अनुहार खोटाङबाट उदाङ्गिएको छ । आफू कांग्रेसभित्रको बिकृति सुधार गर्न सभापतिमा उम्मेदवार बन्न लागेको बताउने गरेका कोइरालाले खोटाङमा बिचौलियामार्फत पैसा पठाएर आफ्नो औकात देखाएको चर्चा दिक्तेलमा भएको छ ।

यसैबीच, खोटाङ जिल्लाको स्थानीय तहअन्तर्गत ऐसेलुखर्क गाउँपालिकाका सभापतिमा सन्तवीर तामाङ, केपिलासगढी गाउँपालिकाको सभापतिमा हेमन्त राई, दिक्तेल–रुपाकोट नगरपालिकाको सभापतिमा प्रकाश श्रेष्ठ, साकेला गाउँपालिकाको सभापतिमा विजय गुरुङ ‘भलकाजी’, खोटेहाङ गाउँपालिकाको सभापतिमा प्रेमकुमार थापा, जन्तेढुङ्गा गाउँपालिकको सभापतिमा वाजिन्द्र विष्ट, बाराहापोखरी गाउँपालिकको सभापतिमा खिलराज राई, हलेसी तुवाचुङ नगरपालिकाको सभापतिमा चक्र राई र रावावेसी गाउँपालिकाको सभापतिमा फटिक श्रेष्ठ चयन भएका छन् ।

Published : Saturday, 2021 October 2, 1:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया