एमालेले उत्पात गर्न खोजेपछि गृह मन्त्रालयले नाङ्गेझार बनायो

काठमाडौं । प्रमुख विपक्षी दल एमालेले प्रोगाण्डा गरेर सरकारविरुद्ध हर्कत गर्न खोजेपछि गृह मन्त्रालयले विरोधीहरूको भण्डाफोर गरिदिएको छ ।

गृह मन्त्रालयले विहीबार राति विज्ञप्ति जारी गरेर संविधान, प्रचलित कानून र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने कुनै आदेश र उद्देश्य नभएको जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भनेका छन्, ‘नेपालको संविधान, प्रचलित कानून र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश र उद्देश्य नभएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ ।’

विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालय, काठमाडौं र भक्तपुरले जारी गरेको आदेशको विषयमा सार्वजनिक रूपमा अभिव्यक्त चासो र चिन्ताप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

यसअघि, जिल्ला प्रसाशन कार्यालय काठमाडौंले विहीबार मध्यराति १२ बजेदेखि लागू हुने गरी अनावश्यक भिडभाड, सभा–सम्मेलन, जुलुस, जात्रा, महोत्सव गर्न रोक लगाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा यस्तो आदेश जारी गरिएको हो ।

आदेशमा भनिएको छ, ‘कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकाले अनावश्क रूपमा मानिस घर बाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा, जुलुस गर्ने, जात्रा, महोत्सव, भोज आदि नगर्ने/नगराउने ।’

Published : Thursday, 2021 September 30, 11:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया