शंकर–ध्रुव–जितसहितका नेताको टिमले ओगट्यो तनहुँ कांग्रेस, रामचन्द्र समूहको भागाभाग

दमौली । तनहुँ जिल्लामा नेपाली कांग्रेसको दश वटा गाउँपालिकाको अधिवेशनमा केन्द्रीय सदस्य शंकर भण्डारी, ध्रुव वाग्ले, झुलबहादुर आलेसहितका नेताहरूको टिमले क्लिन स्वीपको अवस्थामा पुर्‍याएको छ ।

केन्द्रमा कांग्रेसभित्र लफडा गर्दै आएका नेता रामचन्द्र पौडेलको गृहजिल्ला समेत रहेको तनहुँमा सभापति शेरबहादुर देउवा निकटका नेताहरूको टिमले क्लिन स्वीपको अवस्थामा लगेको हो ।

पूर्वमन्त्री समेत रहेका केन्द्रीय सदस्य शंकर भण्डारी, आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले, पूर्वसभापति जितप्रकाश आले, पूर्वसांसद झुलबहादुर आले, तरुण नेता पूर्ण गुरुङ, नेता राजेन्द्रकृष्ण श्रेष्ठलगायतका नेताहरूको शक्तिशाली समूहले १० मध्ये ७ वटा गाउँपालिका र नगरपालिकाको सभापतिमा कब्जा जमाएको हो । पदाधिकारी र सदस्यहरू छ्यासमिस आएका छन् ।

पौडेलले वडा तथा गाउँपालिका र नगरपालिकाको अधिवेशनमा शानदार पराजय भोग्नु परेको छ । तनहुँबाट पौडेलले तनाब भोग्नुपरेको छ ।
पौडेलको हातबाट तनहुँका गाउँपालिका र नगरपालिकाहरू फुत्किएका छन् ।

शुक्लागण्डकी नगरपालिकाको सभापतिमा गोपी गुरुङ सर्वसम्मत भएका छन् । शंकर भण्डारी, ध्रुव वाग्ले, जितप्रकाश आलेसहितका नेताहरूले गुरुङलाई सभापतिमा अगाडि सारेका थिए ।

आफ्नो उम्मेदवार पराजित हुने डरले केन्द्रीय सदस्य प्रदीप पौडेलले सभापतिमा गुरुङलाई समर्थन गरेका थिए । पदाधिकारीमा प्रदीप पौडेका केही नेताहरू झिने मतले जितेका छन् ।

भण्डारीसहितका नेताहरूको टिमको तर्फबाट घिरिङ गाउँपालिकाको सभापतिमा यम थापा मगर, रिसिङ गाउँपालिकाको सभापतिमा तिलबहादुर थापा (क), भीमाद नगरपालिकाको सभापतिमा अरविन श्रेष्ठ, देवघाट गाउँपालिकाको सभापतिमा तिलबहादुर थापा (ख), आबुखैरे गाउँपालिकाको सभापतिमा विष्णुबहादुर पन्त, बन्दीपुर गाउँपालिकको सभापतिमा कर्णबहादुर खत्री र म्याग्दे गाउँपालिकाको सभापतिमा रामभक्त घिमिरे चयन भएका छन् ।

नेता रामचन्द्र पौडेलको समूहबाट भानु नगरपालिकाको सभापतिमा रामकुमार श्रेष्ठ र व्यास नगरपालिकाको सभापतिमा सूर्यचन्द्र हडख चयन भएका छन् । तनहुँमा आफ्नो समूहले धुलो चाट्ने अवस्थामा पुगेपछि नेता पौडेल तनाबमा परेका छन् ।

Published : Thursday, 2021 September 30, 9:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया