सरकारद्वारा सह–सचिवको बढुवा

काठमाडौं । सरकारले सह–सचिव प्रा.गोपालप्रसाद सिग्देललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रा.सिग्देललाई राजपत्राङ्कित विशिष्ठ श्रेणीमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारले जेनेभामा आयोजना हुने डब्ल्यूटिओको १२औँ मन्त्रीस्तरीय सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भाग लिन स्वीकृति दिने निर्णय गरेको छ ।

इन्टरपोलको ८९औँ महासभामा भाग लिन स्वीकृति दिने निर्णय भएको कार्कीले बताए ।

विभिन्न मन्त्रालयअन्तर्गतका विकास आयोजनाहरूका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

Published : Thursday, 2021 September 30, 6:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया