काठमाडौंका नारायणभक्त ५ दिन जेल बस्ने

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबीले ६७ वर्षीय नारायणभक्त संगतलाई पक्राउ गरेको छ ।

बैंकिङ कसुर मुद्धामा सजाय पाएपछि फरार रहेका संगतलाई सीआईबीको टोलीले बिहीबार पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । संगत काठमाडौं महानगरपालिका–६ निवासी हुन् ।

संगतलाई उच्च अदालत पाटनबाट २०७७ माघ २७ गते ५ दिन कैद र १० लाख रुपियाँ जरिवाना ठहर गरेको थियो ।

अदालतको फैसलापछि फरार रहेका संगतलाई सीआईबीले काठमाडौं महानगरपालिका–७ सिफलबाट पक्राउ गरेको जनाएको छ ।

सिटिजन्स बैंकको पैसा नभएको चेक दिएर संगतले बैंकिङ कसुर गरेका थिए ।

Published : Thursday, 2021 September 30, 5:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया