यी हुन् मनाङ कांग्रेस हाँक्ने ‘हीरो’हरू, सभापति गुरुङले दिए शुभकामना

मनाङ । नेपाली कांग्रेस मनाङले स्थानीय तहको सभापतिसहित कार्यसमिति र प्रतिनिधिहरू सर्वसम्मत रुपमा टुंगो लगाएको छ ।

मनाङ कांग्रेसका सभापति एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङको विशेष पहलमा स्थानीय तहका सभापतिहरूको कार्यसमिति सर्वसम्मत भएका हुन् ।

नासों गाउँपालिकाको सभापतिमा हुपजंग गुरुङ, चामे गाउँपालिकाको सभापतिमा पेम्पा घोजे लामा, ङि स्याङ गाउँपालिकाको सभापतिमा कान्छा गुरुङ र नार्पाभूमि गाउँपालिकाको सभापतिमा मिङमार छिरिङ गुरुङ सर्वसम्मत भएका छन् ।

मनाङ कांग्रेसका सभापति गुरुङले सर्वसम्मत रुपमा वडा र पालिका अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबै क्रियाशील सदस्य र नेता कार्यकर्तालाई बध्यावाद दिएका छन् ।

गुरुङले वडा र पालिकाको नयाँ कार्यसमितिलाई शुभकामना दिँदै कांग्रेसको संगठन निर्माणमा लाग्न निर्देशन समेत दिएका छन् ।

कांग्रेसको महाधिवेशन शुरु हुनुभन्दा अगाडि नै मनाङ कांग्रेसभित्र जिल्ला सभापतिमा सर्वसम्मत भइसकेको छ । कार्यसमितिका पदाधिकारी र सदस्य तथा स्थानीय तहको कार्यसमितिमा समेत सहमति भइसकेको थियो ।

औपचारिकताका लागि मनाङ कांग्रेसले कार्यतालिकाअनुसार क्रमशः कार्यसमिति र प्रतिनिधिहरूको नाम घोषणा गर्दै आएको छ । मनाङ जिल्ला सर्वसम्मत कार्यक्रम र निर्णय गर्ने कांग्रेसको पहिलो जिल्ला बनेको छ ।

Published : Tuesday, 2021 September 28, 10:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया