कांग्रेसकी लोकप्रिय नेतृ आचार्य सभापतिमा सर्वसम्मत

तानसेन । पाल्पा जिल्लाको नेपाली कांग्रेस पूर्वखोला गाउँपालिका कार्यसमितिको सभापतिमा विष्णुकुमारी आचार्य निर्विरोध निर्वाचित भएकी छिन् ।

पाल्पामा ९ वटा गाउँपालिका र नगरपालिका छन् । ८ वटा पालिकामा पुरुष सभापतिमा निर्वाचित भएका छन् । उप–सभापतिमा मेघराज न्यौपाने र दुर्गाबहादुर सारु चयन भएका छन् ।

सचिवमा भुपाल पंगेनी तथा ऋषिराम ढेंगा सह–सचिवमा नवराज श्रेष्ठ र जगत हिस्की चयन भएका छन् । कोषाध्यक्षमा अमर रानालाई कोषाध्यक्षमा मनोनीत गरिएको छ ।

Published : Tuesday, 2021 September 28, 7:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया