तनहुँको पालिका अधिवेशनमा रामचन्द्र समूहलाई धुलो चटाए, कार्यकर्ताले देखाइदिए औकात

दमौली । तनहुँ जिल्लामा नेपाली कांग्रेसको स्थानीय तहको अधिवेशनमा केन्द्रीय नेताहरूको प्रभाव देखिएको छ ।

नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई, ध्रुब वाग्ले, प्रदीप पौडेलको अधिवेशनमा प्रभाव देखिएको छ । रामचन्द्र पौडेल आफ्नै गृहजिल्ला तनहुँमा कमजोर देखिएका छन् । पौडेल दुई वटा पालिकामा सीमित भएका छन् ।

व्यास नगरपालिकाको सभापतिमा सूर्यचन्द्र हड्ख विजयी भएका छन् । उनी पौडेल निकट मानिन्छन् । भानु नगरपालिका कार्यसमितिको सभापतिमा रामकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ पनि पौडेल निकटका मानिन्छन् ।

शुक्लागण्डकी नगरपालिकामा गोपीबहादुर गुरुङ विजयी भएका छन् । उनी केन्द्रीय सदस्य प्रदीप पौडेल निकट हुन् ।

प्रदीप पौडेल निकट यम थापा घिरिङ गाउँपालि समितिको सभापति बनेका छन् ।

आँबुखैरेनी गाउँपालिका कार्यसमितिको सभापतिमा विष्णु पन्त विजयी भएका छन् । बन्दीपुरमा कर्णबहादुर खत्री विजयी भएका छन् । दुवै जना केन्द्रीय सदस्य शंकर भण्डारी निकटका हुन् ।

माग्दे गाउँपालिका कार्यसमितिको सभापतिमा रामभक्त घिमिरे विजयी भएका छन् । घिमिरे कांग्रेसको केन्द्रीय आमन्त्रित सदस्य ध्रुब वाग्ले निकटका मानिन्छन् ।

नेता पौडेलले पूर्वसह–महामन्त्री गोविन्दराज जोशीलाई कारबाही गरेर पार्टीबाट निस्काषित गरेपछि त्यसको प्रभाव वडा र नगर/गाउँ अधिवेशनमा देखिएको छ ।

कांग्रेसको केन्द्रको राजनीतिमा अबरोध गरेर लफडा गर्दै आएका पौडेल आफ्नै गृहजिल्लामा नराम्रोसँग एक्लिएका छन् । पौडेलविरुद्ध अन्य नेताहरू एक भएर अगाडि बढ्ने संकेत पालिका अधिवेशनमा दिएका छन् ।

Published : Monday, 2021 September 27, 8:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया