भक्तपुर जिल्लाको नगर सभापतिहरूमा को–को निर्वाचित ? थापाले दिए बधाइ

भक्तपुर । भक्तपुर जिल्लामा नेपाली कांग्रेसको चार वटा नगरपालिकाको अधिवेशनमा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन भएको छ ।

आइतबार भएको निर्वाचन प्रक्रियाबाट चार जना सभापतिमा निर्वाचिन भएका हुन् ।

सूर्यविनायक नगर कार्यसमितिको सभापतिमा निशान ढुंगेल निर्वाचित भएका छन् ।

चागुनारायण नगर कार्यसमितिको सभापतिमा शिवहरि केसी, भक्तपुर नगर कार्यसमितिको सभापतिमा राजेन्द्र तमखु र मध्यपुर ठिमी नगर कार्यसमितिको सभापतिमा हरिदास प्रजापती निर्वाचित भएका छन् ।

भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित सभापति, पदाधिकारी, सदस्य र क्षेत्रीय प्रतिनिधिहरूलाई कांग्रेसको संगठन बनाउन निर्देशन दिएका छन् ।

उनले निर्वाचनका बेला जे भए पनि निर्वाचित भइसकेपछि सबै कार्यकर्तालाई बराबरी देखेर कांग्रेसको संगठन बनाउन लाग्नुपर्ने बताएका छन् ।

Published : Monday, 2021 September 27, 12:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया