कांग्रेसको पालिका अधिवेशन आजबाट शुरु

काठमाडौं । नेपाली कांग्रेसको नगरपालिका र गाउँपालिका कार्यसमितिका लागि आजबाट अधिवेशन शुरु भएको छ ।

शनिबारदेखि ६४ जिल्लाका नगरपालिका र गाउँपालिकाहरूमा अधिवेशन हुनेछ ।

काठमाडौं, ललितपुर, सिन्धुपाल्चोक लगायतका जिल्लामा वडा अधिवेशन सकिएपनि शनिबार नगरपालिका र गाउँपालिकाको अधिवेशन हुनेछैन ।

काठमाडौंका नगरपालिकामा असोज १६ गते अधिवेशन हुनेछ । ललितपुरको नगरपालिका र गाउँपालिकाको अधिवेशन सोमबार हुनेछ ।

प्राविधिक कारण तथा वडा अधिवेशनबाट निर्वाचित सूची तयार गर्न समय लागेकाले अधिवेशन एक÷दुई दिन पछाडि सारेका छन् ।

काभ्रेमा जिल्ला कार्य समिति र निर्वाचन समितिबीचमा विवाद छ । नगरपालिका र गाउँपालिकाको अधिवेशन हुनेछ ।

काभ्रे कांग्रेसका सभापति मधु आचार्यले निर्वाचन अधिकृत बेपत्ता भएको सूचना जारी गरेपछि हँगामा भएको छ ।

निर्वाचन अधिकृत राजेन्द्र लामिछाने सम्पर्क विहीन भएकाले गाउँ/नगर अधिवेशन अनिश्चितकालका लागि रोकेको आचार्यले एकलौटी रुपमा सूचना जारी गरेका छन् ।

पार्टी शीर्ष नेताको बैठकले वडा अधिवेशन सकिएका जिल्लाको गाउँ/नगर अधिवेशनको मिति तोक्ने अधिकार निर्वाचन समितिलाई दिएको छ ।

१३ जिल्लाको भने क्रियाशील सदस्यता नै टुङ्गो लागेको छैन । हिमाली २१ जिल्लामा जिल्ला तहका सबै अधिवेशन असोज १८ अघि सक्ने निर्णय गरिएको छ ।

Published : Saturday, 2021 September 25, 9:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया