कांग्रेसको १३ जिल्लाको विवाद के भयो ? के भन्छन् डा.महत ?

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले क्रियाशील सदस्यतासम्बन्धी विवाद मिलेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा सम्वाददाताहरूसँग कुरा गर्दै डा.महतले क्रियाशील सदस्यता विवाद रहेका १३ जिल्लाको कुरा समाधान भएको बताए ।

उनले १३ जिल्लाको सूची शुक्रबार सार्वजनिक हुने जानकारी दिएका छन् ।

सह–महामन्त्री डा.महतले हिमाली क्षेत्र र १३ जिल्लाको नगर र वडाको टुंगो दशैं अघि लगाउने बताए । उनले अरु जिल्लामा दशैं तिहारपछि अधिवेशन गर्ने जानकारी दिएका छन् ।

महाधिवेशन सार्नेबारे कुनै छलफल नभएको सह–महामन्त्री डा.महतले बताएका छन् ।

Published : Friday, 2021 September 24, 1:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया