ठमेलको होटलमा जर्मन नागरिकको शब फेला

काठमाडौं । काठमाडौंको ठमेलस्थित एउटा होटलमा जर्मन नागरिक मृत फेला परेका छन् ।

४० वर्षीय डेभिड मिटज्याक्ट शुक्रबार बिहान होटलको कोठामा मृत फेला परेको महानगरीय प्रहरी वृत्त लैनचौरले जनाएको छ ।

जर्मन नागरिकको मृत्युको कारण खुलेको छैन । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक दुर्गाप्रसाद दाहालले बताए ।

उनकी नेपाली केटी साथीले फोन गर्दा उनको मोबाइल अफ भएको पाएपछि होटल पुगेकी थिइन् ।

भिजिट भिसामा डेभिड करिब सात महिनाअघि नेपाल आएको बुझिएको छ । ती युवती र डेभिडको त्यसबेलादेखि चिनजान रहेको प्रहरीले बताएको छ ।

Published : Friday, 2021 September 24, 1:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया