सशस्त्रका ११ डीआईजीहरूको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका नायब महानिरीक्षक (डीआईजी)हरू को सरुवा भएको छ ।

गृहमन्त्रिस्तरीय निर्णयबाट शुक्रबार ११ जना डीआइजीहरूको सरुवा भएको हो ।

बराह बाहिनी सुनसरीमा डीआईजी कमल गिरीको सरुवा भएको छ । बराह बाहिनीपति वंशीराज दाहाललाई पशुपति बाहिनी काठमाडौंमा सरुवा गरिएको छ ।

डीआइजी मन्दीप श्रेष्ठलाई गढिमाई बाहिनी हेटौंडाबाट सशस्त्र प्रहरी मुख्यालय सरुवा गरिएको छ ।

डीआइजी कुलबहादुर नेम्वाङलाई प्रधान कार्यालयको मानवस्रोत विभागबाट विन्ध्यावासिनी बाहिनी, रूपन्देही सरुवा गरिएको छ ।

राजु अर्याललाई पशुपतिनाथ बाहिनीबाट प्रधान कार्यालयको मानवस्रोत विभागमा सरुवा गरिएको छ । हेटौडामा किशोर प्रधानलाई पठाइएको छ ।

सशस्त्र प्रहरीको पोखरास्थित बाहिनीका नारायणदत्त पौडेललाई कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ । पोखरामा शम्भु सुवेदीलाई पठाइएको छ।

प्रदेश नम्बर २ को चन्द्रप्रकाश गौतमलाई कार्य तथा सीमा सुरक्षा विभाग मुख्यालयमा सरुवा गरिएको छ । उनको ठाउँमा गणेश ठाडामगरलाई पठाइएको छ ।

सशस्त्र प्रहरी मुख्यालयको मानव स्रोत विभागमा कार्यरत दुर्गाप्रसाद भट्टराईको सुदूरपश्चिम प्रदेशमा सरुवा भएको छ ।

Published : Friday, 2021 September 24, 1:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया