मध्यपुर थिमिको सभापतिमा श्रेष्ठ र प्रजापति भिड्ने, पौडेल समूहले उम्मेदवार पाएन

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको मध्यपुर थिमि नगरपालिका कार्यसमितिको सभापति लागि सुरेन्द्र श्रेष्ठ र हरिदास प्रजापतिले उम्मेदवारी घोषणा गरेका छन् ।

श्रेष्ठ र प्रजापति सभापति शेरबहादुर देउवा समूहकै हुन् । मध्यपुर थिमि नगर कार्यसमितिमा नेता रामचन्द्र पौडेल समूहले उम्मेदवार नपाएपछि देउवा समूह एकअर्काबीच प्रतिस्पर्धामा उत्रिएका छन् ।

श्रेष्ठलाई भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापा, मदनकृष्ण श्रेष्ठ, मुरारी आचार्य सहितका नेताहरूको साथ रहेको छ ।

हरिदास प्रजापतिलाई पूर्वसभापति गणेशमान चक्रधर र अष्ट कबेको साथ रहेको छ । उनीहरू पनि देउवा निकटका हुन् । सभापतिमा उम्मेदवार बनेका प्रजापति यसअघि नेता प्रकाशमान सिंह निकटका थिए । सिंहलाई छाडेर प्रजापति देउवा समूहतिर आएका थिए ।

अष्ट कबे नेता प्रकाशमान सिंह निकट मानिन्छन् । विगतमा प्रकाशमान सिंहले मध्यपुर थिमिमा राम्रो पकड बनाए पनि यस पटक पकड गुमाएका छन् ।

मध्यपुर थिमि नगर कार्यसमितिमा भक्तपुर कांग्रेसका सभापति थापाको समूह बलियो रहेको चर्चा छ ।

मध्यपुर थिमि नगर कार्यसमितिमा नेता पौडेल समूहले सभापतिको उम्मेदवार पाएको छैन ।

Published : Thursday, 2021 September 23, 11:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया