काठमाडौंमा हाइप्रोफाइल जुवामा प्रहरी छापा, १९ लाखसहित पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा झण्डै १९ लाख रुपियाँसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।

बुधबार राति साढे १२ बजे कागेश्वरी मनोहरा नगरपालिका–७ हरहर महादेवस्थित कमल दाहालको घरबाट प्रहरीले १३ जना जुवाडेलाई पक्राउ गरेको जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग काँडाघारीले जुवाडेहरूसँग १८ लाख ७५ हजार ५ सय रुपियाँ बरामद गरेको जनाएको छ । प्रहरीले सात बुक तास पनि बरामद गरेको छ ।

उता, काठमाडौंको कपनबाट पनि जुवातास खेलिरहेका ६ जना पक्राउ परेका छन् । पक्राउ परेका जुवाडेसँग रहेको २५ हजार ५ सय ५ रुपियाँ र तास प्रहरीले बरामद गरेको छ ।

Published : Thursday, 2021 September 23, 9:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया