चार लाखसहित कौडा खेल्ने १७ जनाको समूह पक्राउ

दमक । झापा जिल्लामा कौडा खेल्ने १७ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

दमक नगरपालिका–१ बस्ने हिमाल देवानको घरको भान्सा कोठामा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ बस्ने ४९ वर्षीय कर्ण राई लगायत १७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

देवानको भान्सा कोठामा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख २७ हजार ६ सय रुपियाँ र १६ थान कौडासहित पक्राउ गरेको थियो ।

Published : Wednesday, 2021 September 22, 12:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया