बुलेट र पलसर चढेर विप्लवका कार्यकर्ताद्वारा स्व.रणबहादुर शाहको जमीन कब्जा

धनगढी । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कैलाली जिल्लामा व्यक्तिका जग्गा कब्जा गरेर औकात देखाएको छ ।

बुलेट बाइक, १५० पल्सर, एक्सलसहित मोटरसाइकलमा चढेर आएका ३०/४० जनाको समूहले हरैया भन्ने स्थानमा रहेको स्व.रणबहादुर शाहको २२ बिघा जमीन कब्जा गरेको घोषणा गरेको हो । स्व.शाह दाङ जिल्ला निवासी हुन् ।

यो जमीन शौभाग्य रियलस्टेट एण्ड हाउजिङ्ग प्रा.लि. लेखनाथ नगरपालिका– ८ पोखराका विमल बस्यालले किनेका छन् ।

जमीनको मूल्य अर्बौंको छ । अर्बौंको जमीनमा विप्लवका नेता कार्यकर्ताहरूले आँखा लगाएका छन् । उनीहरूले व्यक्तिको नाममा रहेको २२ बिघा जमीनमा हडपेर रातारात मालामाल हुने सपना देखेको आरोप छ ।

विप्लव समूह खुला राजनीतिमा आएको भए पनि महँगा र राम्रा जमीनमा आँखा लगाउन थालेका छन् । विप्लव समूहको यो हर्कतको कैलालीसहित देशभरि विरोध भएको छ ।

Published : Wednesday, 2021 September 22, 8:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया