धितोपत्रका अध्यक्ष ढुंगानाको दिनदशा बिग्रियो

काठमाडौं । सरकारले गठन गरेको जाँचबुझ समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई कारवाही गर्न सिफारिस गरेको छ ।

शेयर निश्कासन नगरेको कम्पनीको शेयर पदीय आचरण विपरीत छोरी रेविका ढुंगानाको नाममा खरीद गरेको आरोप लागेपछि सरकारले उनीमाथि छानबिन गर्न उच्च अदालतका न्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो ।

समितिले मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको प्रतिवेदनमा बोर्ड अध्यक्ष भएकै बेला छोरीको नाममा १० हजार कित्ता शेयर खरिद गरेको पाइएको र उक्त कार्य पदीय आचारणविरुद्ध भएको उल्लेख गरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

बिवाहित छोरी भएपनि आफैंले रकम तिरेर शेयर किनेको पाइएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

ढुंगानाले कानूनविपरीत बुक बिल्डिङका क्रममा रहेको सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरिदिएर विवादमा तानिएपछि २०७८ भदौ १६ गतेको मन्त्रिपरिषद बैठकले न्यायाधीश डुम्रेको अध्यक्षतामा विज्ञ सदस्य नारायणप्रसाद पौडेल र सहसचिव अर्जुनकुमार खड्का रहेको तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको थियो ।

जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न गत भदौ १६ गतेको मन्त्रिपरिषद बैठकले जाँचबुझ समिति गठन गरेको थियो ।

Published : Tuesday, 2021 September 21, 10:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया