ओलीलाई झट्का लाग्ने देउवाको शक्तिशाली निर्णय, युवराज खतिवडाको सातो उड्यो

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारले तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीद्वारा गरिएको राजदूत नियुक्ति फिर्ता गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले ओलीद्वारा गरिएका राजदूत नियुक्तहरू फिर्ता गर्ने निर्णय गरेको उच्च स्रोतले जनाएको छ ।

सरकारको यो निर्णयले राजनीतिक रुपमा नियुक्त भएका राजदूतहरूलाई फिर्ता हुनुपर्नेछ । एक मन्त्रीका अनुसार ओलीद्वारा नियुक्त गरिएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय भएको छ ।

ओलीले अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडासहितका एमालेका हनुमानहरूलाई राजदूत बनाएका थिए । खतिवडा पूर्वअर्थमन्त्री पनि हुन् ।

ओली र एमालेमा सबैभन्दा धेरै अवसर लिनेमा खतिवडा पर्छन् । परराष्ट्र मन्त्रालयका कर्मचारीहरूको हकमा यो निर्णय लागू हुनेछैन ।

सरकारको निर्णयले महेन्द्रबहादुर पाण्डेय (चीन), डा.वंशीधर मिश्र (बंगलादेश), नारदमुनि भारद्धाज (कतार), युवराज खतिवडा (अमेरिका), अञ्जान शाक्य (इजरायल), उदयराज पाण्डे (मलेसिया), दावाफूटी शेर्पा (स्पेन), डा.निर्मलकुमार विश्वकर्मा (दक्षिण अफ्रिका), नीलाम्बर आचार्य (भारत) र लोकदर्शन रेग्मी (बेलायत)लाई असर परेको छ । उनीहरू अब फिर्ता हुनुपर्नेछ ।

ओमानकी राजदूत शर्मिला ढकाल पराजुली र जापानी नियोगकी राजदूत प्रतिभा राणालाई ओली नेतृत्वको सरकारले अर्को नियुक्ति नभएसम्म म्याद थप गर्दै राजदूत पदमा निरन्तरता दिएको थियो । सरकारले यी दुई राजदूतबारे केही बोलेको छैन । जापानी राजदूत राणा प्रधानमन्त्री शेरबहादुर देउवाकी सासु हुन् ।

Published : Tuesday, 2021 September 21, 6:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया