मन्त्री बन्न ज्वाइँको पावर, महरा–श्रेष्ठले खुमलटारमा उत्पात मच्चाए, काण्ड लागेकाहरूको मोर्चा

काठमाडौं । माओवादी केन्द्रका आफूलाई सिनियर भन्ने नेताहरूले मन्त्री बन्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हदैसम्मको दवाव दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्न ढिलाइ गरिरहेका बेला माओवादीभित्र पटक–पटक मन्त्री र अन्य अवसर पाएका नेताहरू मन्त्री बन्न जोडजुलुम गरेका हुन् ।

नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, दीनानाथ शर्मा, हरिबोल गजुरेल, मातृका यादव, गिरिराजमणि पोखरेललगायतका नेताहरू मन्त्री बन्न सबै प्रयासहरू गरिरहेको स्रोतले जनाएको छ ।

नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महराले उप–प्रधानसहित परराष्ट्र मन्त्रालयमा दावी गरिरहेका छन् । श्रेष्ठ प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएपछि संविधानको प्रावधान विपरित ऐन नियमलाई कुल्चिएर राष्ट्रिय सभामा झ्यालबाट छिरेका छन् ।

महराले खाइपाइ आएको सभामुख पद रोशनी शाही काण्डपछि गुमाएका थिए । रोशनी काण्डमा सफाइ पाउनेवित्तिकै महराले पार्टी प्रवक्ताको जिम्मेवारी पाइसकेका छन् ।

माओवादीबाट राष्ट्रिय सभामा संसदीय दलका नेता दीनानाथ शर्मा पनि अवसर पाउने नेताहरूमा सबैभन्दा अगाडि छन् । शर्माले मन्त्री बन्न आफ्ना ज्वाइँ शुभशंकर कँडेलको पावर लगाएको चर्चा छ । कँडेलले एउटा टेलिभिजन चलाउँछन् । त्यही टेलिभिजनको रवाफमा कँडेलले ससुरालाई मन्त्री बचाउन खोजेको आरोप छ ।

मधेशीको नाममा राजनीति गर्दै आएका मातृका यादव माओवादीभित्र सबैभन्दा धेरै अवसर लिने नेतामा पर्छ् । यादव पनि पटक–पटक मन्त्री र अवसर पाएका नेता हुन् । माओवादीभित्र मधेशी मूलका धेरै नेताहरू छन् । उनीहरूलाई यादवले जहिले पनि अवसरबाट बञ्चित गराएर आफैले सबै अवसर कुम्ल्याउने गरेको आरोप छ । मन्त्री बनेपछि यादवको सत्तपत्ति ह्वात्तै बढेको चर्चा माओवादीभित्र हुने गरेको छ ।

रुञ्चे मन्त्रीको आरोप खेप्दै आएका हरिबोल गजुरेल पनि माओवादीभित्र अबसर पाउने नेताहरूको सूचीमा अगाडि छन् । कृषि मन्त्री बनेका बेला चलचित्र हेरेरपछि पत्रकारहरूसँग कुरा गर्ने क्रममा ग्वाँग्वाँ रोएर आलोचित बनेका थिए ।

गिरिराजमणि पोखरेल माओवादीभित्रका सबैभन्दा धेरै मन्त्री बन्ने अवसरवादी नेताको आरोप छ । नारायणकाजी श्रेष्ठको निकै नजिक मानिने पोखरेललाई माओवादीभित्र धेरैले रुचाउँदैनन् । पोखरेल यस पटक पनि मन्त्री बन्न कुरेर बसेका छन् ।

माओवादीका अध्यक्ष दाहालले यस पटक पुरानाहरूलाई भन्दा पनि नयाँ नेताहरूलाई मन्त्री बनाउन चाहेका छन् । दाहालले पटक–पटक अवसर पाएका र मन्त्री बनेका नेताहरूलाई मन्त्रीमा सिफारिस गर्न नहुने भनेर दबाब छ । दाहाल पनि अवसर नपाएका युवाहरूलाई मन्त्री बनाएर अवसर दिने पक्षमा रहेको चर्चा छ ।

Published : Saturday, 2021 September 18, 9:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया