कांग्रेसका शीर्ष नेताहरू १३ जिल्लाको नामावली प्रकाशित गर्न सहमति, कार्यदलको ब्रिफिङ अर्कै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल समूहबीच क्रियाशील सदस्यताको सूची शनिबार प्रकाशित गर्ने सहमति भएको छ ।

बालुवाटारमा शुक्रबार बसेको बैठकले शनिबार बाँकी रहेका १३ जिल्लाको नामावली प्रकाशित गर्ने सहमति भएको हो ।

सभापति देउवा, नेता पौडेल, महामन्त्री शशांक कोइरालाले क्रियाशील सदस्यता टुंग्याउन बनेको कार्यदल सदस्यसँग छलफल गरेका थिए ।

कार्यदल सदस्य कृष्णप्रसाद सिटौला, मीनेन्द्र रिजाल र रमेश लेखकलाई शनिबारसम्म बाँकी जिल्लाको क्रियाशील सदस्यता टुंग्याउन जिम्मेवारी दिएको एक नेताले बताएका छन् ।

कार्यदलका सदस्यहरूले शनिबार नै १३ जिल्लाको क्रियाशील सदस्यताको नामावली प्रकाशित गर्न कठिनाइ रहेको शीर्ष नेतृत्वलाई जानकारी गराएका छन् ।

क्रियाशील सदस्यता टुंगिन प्रदेश २ का ८ जिल्ला सहित कैलाली, सुर्खेत डोल्पा, रसुवा र बाँकेको सूची प्रकाशन हुन बाँकी छ ।

क्रियाशील सदस्यता टुंगिएका ५७ जिल्लामा वडा अधिवेशन भएको छ । बाँकी जिल्लाको लागि असोज ५ मा वडा अधिवेशन हुने गरी कार्यतालिका बनाइएको छ ।

Published : Friday, 2021 September 17, 10:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया