माधव नेपालले एमालेको ‘मुटुमा किलो गाडे’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको केन्द्रीय कार्यालय उद्घाटन गरेका छन् ।

शुक्रबार बिहान काठमाडौंको बानेश्वरको आलोकनगरमा रहेको पार्टी कार्यालय उद्घाटन गरेका हुन् । अध्यक्ष नेपालले केन्द्रीय कार्यालयको भाडा मासिक भाडा ३ लाख तिर्नेछन् ।

एकीकृत समाजवादीका नेता बेदुराम भुसालले मासिक ३ लाख भाडा तिर्ने गरी पार्टी कार्यालय सञ्चालनमा आएको बताएका छन् ।

पार्टी कार्यालय रहेको घर चार तलाको छ । अर्को घर निर्माणाधीन रहेको र त्यसको निर्माण पूरा भएपछि एकीकृत समाजवादी पार्टीले नै प्रयोग गर्नेछ ।

अध्यक्ष नेपालले तत्काल कुनै पार्टीसँग एकता नहुने बताएका छन् । पाँच दलीय गठबन्धनलाई बलियो बनाएर चुनावसम्म जाने रणनीतिमा रहेको उनले बताए ।

अध्यक्ष नेपालले एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार हुने बताएका छन् । उनले भने, ‘हामी सरकारमा जान तयार छौँ । अबको एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार हुन्छ ।’

एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) दर्ता गरेका अध्यक्ष नेपालले केन्द्रीय कार्यालय स्थापना गरेका छन् । अध्यक्ष नेपालले एमालेको मुटुमा किलो गाडेको भनेर चर्चा शुरु भएको छ ।

Published : Friday, 2021 September 17, 11:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया