शशांक कोइरालाले महाधिवेशन विरोधी गिरोहलाई दिए दनक, वीपीको छोराको कांग्रेस बचाउने कडा अडान

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले डडेल्धुरा जिल्लाको वडा अधिवेशनको विषयमा मुख खोलेका छन् ।

पार्टी मुख्यालय सानेपामा बिहीबार पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै कोइरालाले डडेल्धुरा जिल्लामा फेरि वडा अधिवेशन गर्ने सम्भावना आफूले नदेखेको बताएका हुन् ।

कोइरालाको यो भनाइले विभिन्न लफडा गरेर १४औँ महाधिवेशनलाई विथोल्न खोज्ने समूहलाई झट्का लागेको छ । महामन्त्री कोइरालाले १४औँ महाधिवेशन विरोध तत्व र गिरोहलाई तनाब दिएका छन् ।

‘डडेल्धुरामा प्रहरी, प्रशासन लगाएर वडा अधिवेशन गरिएको थियो’, उनले भने, ‘तर त्यहाँ अब फेरि चुनाव हुने सम्भावना म देख्दिनँ ।’

नेता रामचन्द्र पौडेल सहित उनको समूहले डडेल्धुरा जिल्लामा वडा अधिवेशन दोहो¥याएर गर्नुपर्ने माग गरिरहेका बेला महामन्त्री कोइरालाले डडेल्धुराको वडा अधिवेशन पुनः गर्ने पौडेलको माग अस्वीकार गरिदिएका छन् ।

डडेल्धुरा जिल्लामा सभापति कर्णबहादुर मल्लले लफडा गर्दै आएका छन् । जिल्लामा कमजोर हुँदै गएका मल्लले आफूखुसी हर्कत गरेपछि उनको विरोध भइरहेको छ ।

डडेल्धुरा जिल्लाको क्रियाशील सदस्यता वितरण र विवादलाई केन्द्रीय कार्यसमिति र विवाद समाधान समितिले सर्वसम्मत रुपमा टुंग्याएको थियो । सर्वसम्मत टुंगिएको कुरालाई नेता पौडेल समूहले बखेडा झिकेर महाधिवेशनको एजेण्डा बनाएको छ ।

डडेल्धुरा जिल्लामा भदौ २५ गते वडा अधिवेशन भएको थियो । ५२ वडामध्ये ४१ वडामा सर्वसम्मत रुपमा वडा अधिवेशन सम्पन्न भएको थियो ।

२ वटा वडामा मात्रै क्रियाशील सदस्यताको विवाद छ । बाँकी वडामा निर्वाचन प्रक्रियाबाट टुंगिएको थियो । वडा अधिवेशनमा ९५ प्रतिशत क्रियाशील सदस्यहरूको उपस्थिति रहेको थियो ।

यसैबीच, पौडेलसहितका नेताहरूले डडेल्धुरामा फेरि वडा अधिवेशन हुनुपर्ने माग गर्दै निर्वाचन समितिमा ध्यानाकर्षण गराएका छन् ।

डडेल्धुरा जिल्ला सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो । सभापति देउवालाई विवादमा पार्न पौडेल समूहले डडेल्धुराको सहमतिमा मिलेको कुरालाई मुद्धा बनाएर लफडा गरेको आरोप छ ।

Published : Thursday, 2021 September 16, 9:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया